Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • राष्ट्रियसभा उपनिर्वाचन

    ओलीले मतदातालाई धम्की दिएको भन्दै प्रचण्डले गुहारे निर्वाचन आयोग

    ओलीले मतदातालाई धम्की दिएको भन्दै प्रचण्डले गुहारे निर्वाचन आयोग

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेका छन्।

    प्रचण्डले ओलीमाथि कारवाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।



    ओलीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाहीका लागिप्रचण्डले निर्वाचन आयोगलाई आग्रह गरेगरेको जनाएका छन् ।



    प्रचण्डको सचिवालयले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु । यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? ’

    प्रधानमन्त्री ओलीले आज नेकपा एमालेका मतदातालाई आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन र नदिए क्षम्य नहुने भनी धम्कीपूर्ण विज्ञप्ति निकालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार