मोरङ। जिल्लाको रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा मृतकका देवर नाता पर्ने १९ वर्षीय बिनोद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान सोही ठाउँस्थित तिलुवा चोकको नहरमा अनिताको शव फेला परेपश्चात जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा बिनोदलाई पक्राउ गरेको बताएको छ।
प्रहरीले यसअघि नै मृतकका पति समेत ४ जनालाई नियन्त्रणमा लिएकोमा थप अनुसन्धानका लागि बिनोदलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
अनिता र बिनोदबिच विवाद भई झै-झगडा हुँदा मंगलबार राति बिनोदले दाउ प्रहार गर्दा अनिताको घटनास्थलमै मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार बिनोद उपर मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको छ ।
Leave a Reply