महोत्तरी । जिल्लाको बर्दिबासमा करेन्ट लागेर बुधबार दिउँसो एक जना मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिबास नगरपालिका वडा नम्वर ५ का २१ वर्षीय कृष्ण घिमिरे रहेका छन् ।
बर्दिबास नगरपालिका वडा नम्वर ५ ढुङ्ग्रे गढान्ता स्थित अक्वा पानी उद्योगमा काम गरिरहेका बेला अचानक करेन्ट लाग्दा उनी घाइते भएका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका घिमिरेलाई उपचारको लागि शुभ स्वास्तिक अस्पताल बर्दिबास लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।
Leave a Reply