Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोनाबाट हलिउड अभिनेता ज्याकको निधन

    कोरोनाबाट हलिउड अभिनेता ज्याकको निधन

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 1.8K
    SHARES

    एजेन्सी । प्रसिद्ध हलिउड अभिनेता एन्ड्रयु ज्याकको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ७६ वर्षीय ज्याकको मंगलबार बेलायतको एक अस्पतालमा मृत्यु भएको हो ।

    स्टार वार र ब्याटम्यान बेगिन्सजस्ता हलिउड फिल्महरुमा काम गर्ने अभिनेता ज्याकको मंगलबार बेलायतको एक अस्पतालमा निधन भएको हो । ७६ वर्षीय ज्याकलाई २ दिनअघि मात्र कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।



    उनको कोरोना संक्रमणबाट मृत्यु भएको उनका सहयोगी जिन म्याको कुलेजले जानकारी दिएका छन् । पछिल्लो समय उनी स्वतन्त्र जीवन बिताइरहेका थिए । उनकी पत्नी गेब्रियल रोजर्स पनि अष्ट्रेलियामा क्वारेन्टाइनमा रहेकी छिन् । पतिकोृ निधनमा समेत उनी उपस्थित हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार