Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लाग्यो ,अन्य भन्दा खतरनाक रहेको मन्त्रालयको दाबी

    नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लाग्यो ,अन्य भन्दा खतरनाक रहेको मन्त्रालयको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, ४ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    काठमाडौं।  नेपालमा कोरोना भाइरसको  नयाँ भेरियन्ट पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसन्धानबाट देखिएको छ ।

    मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट कोभिड–१९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको हो ।



    मन्त्रालयला सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,- ‘योसँगै नेपालमा परिवर्तित भाइरसहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो ।



    यस किसिमको भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको पनि मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले उक्त भाइरस रोक्न सबैलाई सचेत रहन र जनस्वास्थ्यका मापदन्ड पालना गराउन आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार