काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
बुधबार दिउँसो साढे २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।
खाँडका अनुसार बैठकमा पछिलो समयको कोरोना महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । पछिल्लो समय कांग्रेसले देशका सातैवटा प्रदेशमा भर्चुअल माध्यमबाट कार्यक्रम गरिरहेको छ।
Leave a Reply