काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ गोरखा हिडेका छन्।
पछिल्लो समय गोरखामा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएको र कोभिड ‘हटस्पट’ बन्दै गैरहेको स्थितिलाई रोकथाम गर्न भन्दै चिकित्सक, ल्याब टेक्निसिएन र अन्य केही स्वयँसेवकसहित उनी गोरखातर्फ हिडेका हुन्।
प्रवक्ता श्रेष्ठले केहीदिन अघि पनि गोरखा पुगेर डिसिसिएमसिको बैठक, पालिकाका स्वास्थ्य कोर्डिनेटरहरुसंगको सामुहिक छलफल र गोरखा अस्पतालको स्थितिबारे जानाकारी लिदै गोरखामा कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारकाबारेमा तात्कालिक योजना निर्माणमा सहभागी भएका थिए।
नेता श्रेष्ठसहितको टोलीले गोरखामा रहँदा निम्न कार्यहरु गर्ने जनाएको छ :
प्रवक्ता श्रेष्ठले उक्त कार्यको जानकारी आफ्नै सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन्।
Leave a Reply