ओखलढुङ्गा। जिल्लाको नाम राख्ने ओखल आकारको ढुङ्गो ।
मल्लकालीन समयमा काठमाडौँका राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएको र उहाँको फौजले विजय हासिल गर्दै यस ठाउँमा आएर राज्य चलाउँदा यो ओखल जस्तो ढुङ्गामा धान कुटेर खाएको र ओखलको काम गर्ने ढुङगो भन्ने प्रचार गरिएसँगै यस ठाउँको नाम ओखलढुङ्गा रहन गएको किम्वदन्ती छ । उक्त ढुङ्गाको नामबाट जिल्लाको नाम ओखलढुंगा राखिएको हो ।
उक्त ओखल हालको सिद्धिचरण नगरपालिका–१२, सिद्धिचरण पार्कसँगै जोसुकैले पनि सहजै अवलोकन गर्न सक्ने गरी सुरक्षित रूपमा राखिएको छ । रासस
Leave a Reply