काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र २ हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जसमा भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यसैगरी आज देशभर थप ७ हजार ३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
यस्तै गौतमका अनुसार आज १४५ जनाको मृत्यु भएको छ। योसंगै हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ००१ पुगेको छ।
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ६ हजार ६४८ रहेको छ।
Leave a Reply