Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काेराेनाकाे सन्त्रास: ४ सय बढी भारतीय क्याम्पसमा थुनिए

    काेराेनाकाे सन्त्रास: ४ सय बढी भारतीय क्याम्पसमा थुनिए

    अनलाइन नेपाल
  • बुधबार, १९ चैत्र २०७६
  • 1.9K
    SHARES

    वीरगन्ज । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे राेकथाम तथा नियन्त्रण गर्न देशभर जारी लकडाउन उल्लंघन गरी नेपालबाट भारत फर्किन लागेका ४ सयभन्दा बढी भातरीयलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। उनीहरूलाइ वीरगन्ज नाकाबाट प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

    काठमाडौं , पोखरा, नारायणगढ लगायतका शहरबाट वीरगन्ज नाका हुँदै घर फर्कने क्रममा चार सय १४ भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिएका मध्ये ३ सय ५० भारतीयलाई ठाकुराम बहुमुखी क्याम्पसको शिक्षा संकायको एउटै भवनमा थुनेर राखेको छ । महिला, बालबालिका र केही पुरुष गरी ६२ जनालाई भने क्याम्पस परिसरको चौरमा प्रहरीले घेरा हालेर राखेको छ ।



    प्रहरीले नियन्त्रणमा लिएका भारतीयले भने नेपाल प्रहरीले स्वास्थ्य परीक्षणपछि भारत जान दिने शर्तमा ल्याएको भए पनि मध्यरातदेखि ४ सय जनालाई एउटै भवनमा कोचेर गेटमा बाहिरबाट ताल्चा लगाइदिएको गुनासो गरेका छन् ।



    लकडाउन उल्लंघन गरेर नेपालका विभिन्न शहरबाट गाडीमा सवार भइ मङगलबार राति र बुधबार बिहान वीरगन्ज आइपुगेका भारतीयलाई प्रहरीले वीरगन्जको गण्डक, परवानीपुर र इनर्वा नाकाबाट नियन्त्रणमा लिएको हो ।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार