Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ठाकुरको ‘यू टर्न’, यस्तो हुन सक्छ ओलीलाई रोक्न सक्ने योजना

    ठाकुरको ‘यू टर्न’, यस्तो हुन सक्छ ओलीलाई रोक्न सक्ने योजना

    निर्मल बाबु लामिछाने
  • बिहिबार, ३० बैशाख २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    निर्मल बाबु लामिछाने / काठमाडौँ। नयाँ सरकार गठनमा लागेका प्रमुख विपक्षीदलहरु मुख्यत: नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई यतिबेला पसिना छुटेको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको संख्यासहित सरकारको दावी गर्न विपक्षी दलहरुलाई दिएको समय सकिनै लाग्दा कांग्रेस माओवादीलगायत जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव -बाबुराम भट्टराई पक्षलाई पसिना छुटेको हो।



    खासगरी, संसदमा प्रमुख तीनदलका सांसदहरुले मात्र बहुमतको संख्या नपुग्ने भएपछि यतिबेला सरकार गठनको जिम्मा लिएका कांग्रेस सभापति देउवालाई झनै चटारो परेको छ।



    दिउँसो जसपाका अध्यक्ष महन्थ ठाकुरसँग वार्ता गरेका देउवाले ठाकुरको अस्वीकारपछि अब सत्तामा रहेकै पार्टी एमालेको माधव पक्षका सांसदहरुको राजिनामा कुर्नु बाहेक अर्को कुनै विकल्प रहेको छैन।

    यसैबीच, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षसँग छलफल जारी राख्दै राजिनामा रोकेर सरकारलाई नै निरन्तरता दिन आग्रह गरेका छन् भने नेपाल पक्षले आफुहरुको माग सम्बोधन हुनुपर्ने भन्दै अडान लिएका छन्। यदी, अध्यक्ष ओलीले नेपाल पक्षको माग सम्बोधन गर्ने हो भने नेपाल पक्षले राजिनामा रोक्नेछ, त्यसो गर्दा विपक्षी गठबन्धनको सरकार भन्ने सम्भावना तुहिएर जाने छ।

    तर, कांग्रेस सभापति देउवर माओबादी अध्यक्ष प्रचण्ड ओलीलाई निरन्तरता नदिनेमा छन्, यस्तो बेला जसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न सक्ने देखिएको छ । यदी त्यस्तो हो भने अध्यक्ष ठाकुरले ओलीलाई पुन: प्रधानमन्त्री हुनबाट रोक्न सक्नेछन् ।

    यस्तैमा कांग्रेसका शीर्ष नेताहरुले पनि ठाकुरलाई नै प्रधानमन्त्री बनेर भएपनि ओलीलाई रोक्ने भन्दै सभापति देउवालाई दबाब दिएको बुझिएको छ।

    यतिबेला, अध्यक्ष ठाकुरले आफूनिकट १३ जना सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेका छन् भने ओली-नेपाल,देउवा-प्रचण्डबीच छलफल जारी रहेको छ। नयाँ सत्ता समीकरण बन्न १ सय ३६ जना सांसद आवश्यक हुन्छ । काँग्रेससँग ६१, माओवादी केन्द्रसँग ४८ र जसपासँग ३२ सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार