Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • चिनियाँ नागरिकद्वारा नेपालमा मास्कको कालाेबजारी

    चिनियाँ नागरिकद्वारा नेपालमा मास्कको कालाेबजारी

    अनलाइन नेपाल
  • बुधबार, १९ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । बढी मूल्यमा मास्क बेच्ने एक चिनियाँ महिला पक्राउ परेकी छन् । चार रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको आरोपमा चिनियाँ नागरिक ४७ वर्षीया क्वान जूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    कास्कीको बैदाममा रहेकी उनलाई एक हजार एक सय ५० थान मास्कसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार ४ रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँ भन्दा बढीमा बेचेको पाइएकाले उनलाई पक्राउ गरिएको हो ।



    पोखरामा व्यवसाय गर्दै आएकी उनलाई चैत १५ गते पक्राउ गरिएको थियो । १६ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५० हजार रुपैयाँ धरौटी तिराएर रिहा गरिएको प्रहरीले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार