Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • ‘सरकारको नालायकी हद भयो, जनता ‘मारेर’ कसरी बस्न सकेको छ ?’

    ‘सरकारको नालायकी हद भयो, जनता ‘मारेर’ कसरी बस्न सकेको छ ?’

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीका नेता तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले वर्तमान सरकारले गैरजिम्मेवारी र नालायकीपनको हद नाघेको बताएका छन्।

    कोरोनाको महामारीमा गर्न सक्ने काम पनि नगरेर सरकारले गैरजिम्मेवार व्यवहार गरेको भन्दै प्रवक्ता श्रेष्ठले नालायकीपनको हद नाघेको बताएका हुन्।



    पूर्वमन्त्री समेत रहेका नेता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत अक्सिजन नपाएर बिरामी मरिरहेको अवस्थामा सरकार हात बाँधेर बसेको समेत तर्क गरेका छन्।



    श्रेष्ठको फेसबुक स्टाटस यस्तो छ :

    ‘यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो । आइसियु र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन् । उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराई रहेकाछन् । राजधानीका कतिपय ठुला अस्पतालहरुले भर्ना भई उपचाररत कोभिड बिरामी लाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पलालबट बाहिर पठाईरहेका छन् भने कतिपय अस्पतालले अव कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेका छन् । बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामी हरुको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारी बाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा• संतोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ। यसरी गर्न सक्ने काम पनि नगरी जनता “मारेर” बस्न कसरी सकेको छ सरकार? यसपटक अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मी हरुको असाधारण नमुना योग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ- आफ्नो ठाँउबाट जे जे गर्न सकिन्छ ,सबै लागौं ।’

    https://www.facebook.com/narayankaji.shrestha.33/posts/2912850772305792

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार