Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बाँकेमा थप १० कोरोना संक्रमितको मृत्‍यु

    बाँकेमा थप १० कोरोना संक्रमितको मृत्‍यु

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    नेपालगन्ज। बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप १० कोरोना संक्रमितको मृत्यु भएको छ ।

    बुधबार रातिदेखि आज बिहानसम्म उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा बाँकेका ६ तथा बर्दिया र दाङका दुई दुई जना रहेका छन् ।



    भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगर १ की ४३ वर्षीया महिला र नेपालगन्ज उपमहानगर १२ की २९ वर्षीया महिला, नेपालगञ्‍ज मेडिकल कलेजमा बैजनाथ गाउँपालिका ६ का ६४ वर्षीय पुरूष, डुडुवा गाउँपालिका ३ की ५० वर्षीया महिला, नरैनापुर गाउँपालिका ५ का ४२ वर्षीय पुरूष र नेपालगञ्गज उपमहानगरपालिका १२ बाँकेकी ७६ वर्षीया महिलाको मृत्‍यु भएको हो ।



    यसैगरी भेरी अस्पतालमा उपचाररत बर्दियाको राजापुर ६ की ५६ वर्षीया महिला, गुलरियाकी ३२ वर्षीया महिला, नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत तुलसीपुर उपमहानगरपालिका ५, दाङकी ३५ वर्षीया महिला तथा तुलसीपुर उपमहानगरपालिका ६, दाङकै ४३ वर्षीय पुरूषको बुधबार राति ज्यान गएको हो ।

    योसँगै कोरोनाबाट बाँकेका २१४ तथा अन्‍य जिल्लाका १६३ संक्रमतिको उपचारका ज्यान गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार