Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • यस्तो छ आज बैशाख २९ गते बुधबारको राशिफल

    यस्तो छ आज बैशाख २९ गते बुधबारको राशिफल

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 1.8K
    SHARES

    मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

    वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    मन खिन्न हुने स्थिति आउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मालसामान हराउन सक्छ, होसियार रहनु पर्छ ।



    मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।



    कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ ।

    कन्या -टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ, तर नयाँ र शुभ कार्यको योजना बन्नेछ ।

    सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिनेछ ।

    तुला -रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आज मनपर्ने खानेकुरा पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । साँझमा खर्च बढ्ने र आफूलाई कमजोर भएको महसूस हुनेछ ।

    वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने र आश्वासन बाढ्नेहरू धेरै भेटिनेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

    धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    अतिथिको रूपमा सत्कार पाइएला । कृषि क्षेत्रबाट सफलता मिल्नेछ । सुखद् मिलनको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज घरपरिवारसँग समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

    मकर -भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    आज धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ ।

    मीन -दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । उपहार पाइने सम्भावना देखिन्छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । ( ज्यो०प० नारायणप्रसाद दुलाल)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार