Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउनका कारण भारतमा मृत्यु भएका नेपालीको शव ल्याउन समस्या

    लकडाउनका कारण भारतमा मृत्यु भएका नेपालीको शव ल्याउन समस्या

    रासस
  • बुधबार, १९ चैत्र २०७६
  • 2.2K
    SHARES

    सांकेतिक तस्विर

    दार्चुला । भारतमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएपछि उनको सव ल्याउन समस्या भएको छ ।

    लकडाउनका कारण घर फर्किन लागेका मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो ।



    मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको परिवारले जनाएको छ । गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका उनको ठगुन्ना झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको जानकारी आएको उनका आफन्त प्रमानन्द ठगुन्नाले बताए ।



    घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने हालसम्म जानकारी प्राप्त नभएको जिल्लाका प्रहरी नायव उपरीक्षक दीपेन्द्रबहादुर शाहीले जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार