Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • भोलीबाट कालीमाटीमा खुद्रा कारोबार बन्द

    भोलीबाट कालीमाटीमा खुद्रा कारोबार बन्द

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरको संक्रमण रोकथामका लागि भन्दै सरकारले लागू गरेको निषेधाज्ञाको समयमा पनि देशकै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा भिड अत्याधिक भएपछि अब बजारभित्र खुद्रा विक्री वितरण बन्द गरिने भएको छ । अत्यधिक भिडका कारण कोरोना जोखिम बढेको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजारबाट हुने खुद्रा कारोबार बन्द गरिएको बजार विकास समितिले जनाएको छ ।

    आज जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन पछि फलफूल तथा तरकारीको खुद्रामा हुने कारोबार निषेधाज्ञा अवधिभर बन्द गर्ने निर्णय भएको हो । खुद्रामा तरकारी किन्न आउने बहानामा सडकमा मानिसहरुको आवागमन बढेको र बजारमा पनि भिड भएको निष्कर्षपछि खुद्रा कारोबार बन्द गर्ने निर्णय भएको समितिले जनाएको छ ।



    हाल सञ्चालनमा रहेको भित्री होलसेल बजारमाबाट पनि तरकारीको खुद्रा कारोबार गर्न नपाइने समितिले जनाएको छ । बजारमा रहेका स्टलबाट थोक तरकारी तथा फलफूलको कारोबार भने नियमित सञ्चालनमा रहने छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार