काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले राष्ट्रिय भूमिका निभाउनु पर्नेमा जोड दिएका छन्।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मतमा फेल खाएपछि उनको पद स्वत खारेज भएको बेला नयाँ सरकार गठनबारे अध्यक्ष भट्टराईले यस्तो अभियक्ति दिएका हुन्।
पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई नयाँ सरकार गठनका निम्ति आह्वान गरेसँगै अबको सरकारमा को रहने र कसले देशको नेतृत्व गर्ने भन्ने बिषयमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जसपा वैकल्पिक शक्ति भएको हुनाले राष्ट्रिय भूमिका निभाउनेमा जोड दिएका हुन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले अहिलेको मुख्य कुरा नै लोकतन्त्रको रक्षा गर्नु र कोरोनालगायत राष्ट्रिय समस्याहरुको हल गर्नु रहेको उल्लेख गरेका छन्।
ट्वीटरमा उनले लेखेका छन्, ‘अब बल दलहरूको कोर्टमा आएको छ । प्रश्न एक थान सरकारको मात्र हैनसमुख्य प्रश्न लोकतन्त्रको रक्षागर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो । त्यसनिम्ति सबै संकीर्ण दलीयरगुटीय सोचभन्दामाथि उठ्नैपर्छ । वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ !’
अब बल दलहरूको कोर्टमा आएको छ।प्रश्न एक थान सरकारको मात्र हैन;मुख्य प्रश्न लोकतन्त्रको रक्षागर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो।त्यसनिम्ति सबै संकीर्ण दलीय/गुटीय सोचभन्दामाथि उठ्नैपर्छ।वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ!
— Baburam Bhattarai (@brb1954) May 11, 2021
Leave a Reply