Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ७० जिल्लामा निषेधाज्ञा

    ७० जिल्लामा निषेधाज्ञा

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । देशका ७० जिल्लामा निषेधाज्ञा गरिएको छ । सात जिल्लामा आंशिक र ६३ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।

    रसुवा र पाँचथरमा लागू भएको निषेधाज्ञा आजदेखि सुरु भएको छ । यसैबीच काठमाण्डौ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा आज हुने बैठकले आवश्यक निर्णय लिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।



    देशभर सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको पराजुलीले बताए । यसअघि बैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक हप्ता र त्यसपछि थप कडाइ गर्दै पुनः अर्को एक हप्ता थप गरिएको थियो ।



    पछिल्लो समय काठमाण्डौ उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा कोरोना सङ्क्रमित थपिँदै गएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार