Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोना कहर : हात्तीलाई निकुञ्जभित्रको पाेसिलाे घाँस दिन माग

    कोरोना कहर : हात्तीलाई निकुञ्जभित्रको पाेसिलाे घाँस दिन माग

    अनलाइन नेपाल
  • बुधबार, १९ चैत्र २०७६
  • 2.2K
    SHARES

    चितवन । कोरोनाका कारण देशभर लकडाउन हुँदा चितवनको सौराहामा निजी क्षेत्रबाट पालिएका हात्तीका लागि पोसिलो खाना अभाव भएको छ ।

    खानाको अभाव भएपछि व्यवसायीहरुले हात्तीहरुका लागि चितवन राष्ट्रिय निकुञ्ज भित्रको घाँस उपलब्ध गराउन माग गरेका छन् ।



    लकडाउनमा हात्ती संरक्षणका लागि पनि निकुञ्ज यो बेला घाँस उपलब्ध गराउनु पर्ने व्यवसायीहरुको माग छ ।



    युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले पर्यटकीय नगरी सौराहाका क्षेत्रमा रहेका नीजि स्तरबाट पालिएका हात्तीहरुका लागि पोसिलो खाना र घाँसको अभाव भएको बताए ।

    लकडाउनसँगै पर्यटन क्षेत्र ठप्प बनेपछि हात्तीलाई खुवाउने दाना अभाव भएपति व्यवासयीहरुले निकुञ्जबाट पोसिलो घाँसहरु उपलब्ध गराउन माग गरेका हुन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार