काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि माधव नेपाल पक्षका सांसदहरु सिंहदरवारमा भेला भएका छन् ।
नेपाल पक्षीय सांसदहरुले एमाले सांसदको हैसियतमा आजको बैठक अन्तिम हुन सक्ने बताएका छन् ।सांसदहरुको बैठकका लागि नेता नेपाल सिंहदरवार पुगिसकेका छन् ।
नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित भएभएको र अरु पनि आउने क्रम जारी छ । नेपाल पक्षको सिंहदरबारमा सुरु बैठकमा सो संख्यामा सांसदको उपस्थिति भएको हो ।
सो बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् भने एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन् भने केही समानुपातिक सांसद पनि छन् ।
Leave a Reply