काठमाडौंँ । अभिनेत्री बर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ।
अभिनेत्री राउतले सामाजिक सञ्जालमार्फत आफुमा कोरोना पोजेटिभ देखिएको बताएकी हुन् ।
‘कोरोना टेष्ट गर्दा मेरो रिपोट पोजेटिभ आएको छ’ बर्षाले भनेकी छन्, ‘मेरो गन्ध हराएको र खोकी लागेको छ ।’ उनले आफू घरमै आइसोलेसनमा बसेको र छिट्टै निको बताएकी छिन्।
यसअघि अभिनेत्री केकी अधिकारी र ऋचा शर्मालाई पनि संक्रमण पुष्टि भएको थियो। हाल उनीहरुले कोरोनालाई जितिसकेका छन्।
Leave a Reply