Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बाँकेमा कोरोनाको भयावह: थप ८ जना सङ्क्रमितको मृत्यु, मृतकको संख्या १८० पुग्यो

    बाँकेमा कोरोनाको भयावह: थप ८ जना सङ्क्रमितको मृत्यु, मृतकको संख्या १८० पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 1.5K
    SHARES

    फाइल तस्बिर

    बाँके। जिल्लाका अस्पतालमा उपचाररत थप आठ जना सङ्क्रमितको गए राति मृत्यु भएको छ ।

    भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।



    उनका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका–२ निवासी ६५ वर्षीया महिला, दङ्गीशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।



    यसैगरी लम्कीचुहा नगरपालिका–१ कैलाली निवासी ४३ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ४३ वर्षीय पुरुषको उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला कोभिड स्रोत व्यक्ति वलीले जानकारी दिए । यससँगै कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका १८० जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार