Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • माधव नेपाल समूहका २० सांसदद्वारा राजीनामा पत्रमा हस्ताक्षर

    माधव नेपाल समूहका २० सांसदद्वारा राजीनामा पत्रमा हस्ताक्षर

    अनलाइन नेपाल
  • शनिबार, २५ बैशाख २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । माधव नेपाल समूहका २० सांसदले सांसद पदबाट राजीनामा दिने निर्णय गरेका छन् । उनीहरुले आज अबेर साँझ राजीनामा पत्रमा हस्ताक्षर गरी नेता नेपाललाई बुझाएका छन् ।

    वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने मनसायले उनीहरुले राजीनामा पत्र तयार पारेर राखेका छन् । केपी शर्मा ओलीलाई सत्ताबाट हटाएर मात्र एमालेमा एकता गर्ने वा नयाँ पार्टी गठन गर्ने बारे निर्णय गर्ने नेपाल समूहको मनसाय छ ।



    कांग्रेस सभापति शेरवहादुर देउवाले नेपाल पक्षका सांसदको राजीनामा नआउँदासम्म संसदमा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता नगर्ने अडान लिँदै आएका छन् । देउवाको यस्तो अडानले पनि एमालेमा नेपाल समूह दवावमा परेको श्रोतले बतायो ।



    एमालेमा नेपाल समूहका पत्यक्ष निर्वाचित २२ र समानुपातिकतर्फ १२ सांसद छन् । नेपाल समूहले यसअघि राष्ट्रियसभा उपनिर्वाचनमा डा खिमलाल देवकोटालाई उमेदवार बनाएको छ । उनलाई कांग्रेस, माओवादी केन्द्रलगायत पार्टीको साथ छ ।

    ओली समूहले गृहमन्त्री रामबहादुर थापालाई उमेदवार बनाएको छ । नेपाल समूह जसरी पनि ओलीलाई सत्ताबाट हटाएर नयाँ राजनीतिक बाटोमा अघि बढ्न चाहन्छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार