Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बाँकेमा थप ३ जना संक्रमितको मृत्यु, मृतकको संख्या १७७ पुग्यो

    बाँकेमा थप ३ जना संक्रमितको मृत्यु, मृतकको संख्या १७७ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, २५ बैशाख २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    बाँके। जिल्लामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
    भेरी अस्पताल नेपालगञ्जमा दुई जना र कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा एक जना संक्रमितको मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

    मृत्यु हुनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका–४ का ५८ वर्षीय पुरुष र जानकी गाउँपालिका–३ की ५५ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।



    यस्तै, नेपालगञ्ज उपमहानगरपालिका–२ का ७४ वर्षीय पुरुषको शनिबार बिहान नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको वलीले बताए।
    योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७७ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार