Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • महामारीमा पनि लुटको धन्दा, १९ सय पर्ने अक्सिमिटर ३५ सय भन्दा बढीमा बिक्रि गर्ने प्रहरीको फन्दामा

    महामारीमा पनि लुटको धन्दा, १९ सय पर्ने अक्सिमिटर ३५ सय भन्दा बढीमा बिक्रि गर्ने प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • शनिबार, २५ बैशाख २०७८
  • 2.3K
    SHARES

    पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ नगवाका ३२ वर्षीय रामहरि तिवारी रहेका छन्।



    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ परेका तिवारी औषधी पसलका सञ्चालक समेत हुन्।



    शुक्रबार दिउँसो उनको घरमै रहेको पसलबाट पक्राउ गरिएको एसएसपी खनालले जानकारी दिए।

    कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीमा उनले महंगोमा अक्सिमिटर बिक्री गरेको जानकारी आएपछि प्रहरीले पक्राउ गरेको एसएसपी खनालको भनाइ छ ,

    तिवारीले १९ सय रुपैयाँमा पाइने अक्सिमिटर ३५ सय भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएको छ। तिवारीको पसलबाट प्रहरीले १२ थान अक्सिमिटर बरामद गरेको छ।

    तिवारीलाई कालोबजारी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइने एसएसपी खनालले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार