Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • देउवा र प्रचण्डबीच बुढानिलकण्ठमा भेटवार्ता

    देउवा र प्रचण्डबीच बुढानिलकण्ठमा भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 2.9K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज साँझ भेटवार्ता भएको छ।

    अध्यक्ष प्रचण्डले देउवा निवास बुढानिलकण्ठमा समसामयिक राजनीतिक विषयमा छलफल गरेको देउवाको सचिवालयले जनाएको छ ।



    छलफलमा वागमती र लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचन, वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतलगायत विषयमा कुरा भएको थियो ।



    कांग्रेस र माओवादी केन्द्र ओलीलाई सत्ताबाट हटाउने विषयमा एक ठाउँमा उभिएका छन् । आजै एमालेका नेता भीम रावल र देउवाबीच बुढानिलकण्ठमा छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार