काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं उपत्यकामा ४ हजार १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमा काठमाडौँमा ३०८३, भक्तपुरमा ३७४ ललितपुरमा ६४३ रहेका छन् ।
यसैबीच, पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोभिड १९ संक्रमण देखिएको छ । १९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार ०२३ जनामा र ४९५ जनाको एन्टीजेन परीक्षण गर्दा १७३ जानमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
यस्तै आज कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेहरुको संख्या ५० रहेको छ।
Leave a Reply