काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त एवं पुर्वसचिव दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ।
सर्वोच्चले बालुवाटारको सरकारी जग्गा (ललिता निवास जग्गा) प्रकरणमा मुछिएका पूर्वसचिव समेत रहेका बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै धरौटी वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो ।
अख्तियारले तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला ललिता निवास जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएकाले आफ्नै पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
Leave a Reply