काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार र बुधबार जारी गरेको अध्यादेश अनुसार थप नियुक्तिको तयारीमा रहेका प्रधानमन्त्री ओलीले परिषद्को बैठक बोलाएका हुन्।
प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत् ऐन संशोधन गरी दुई जनालाई नियुक्तिको सिफारिस गर्न सक्ने प्रावधान राखिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोगलगायत निकायमा नियुक्तिको तयारी गरेका छन् ।
अख्तियारमा दुई आयुक्तका पद रिक्त छन् भने लोक सेवामा सबै पदाधिकारीको पद रिक्त रहेको छ । अन्य केही आयोगमा पनि सदस्य पद रिक्त भएकाले त्यसमा नियुक्ति गर्न लागिएको स्रोतले बताएको छ।
Leave a Reply