काठमाडौँ । आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन आज हुँदै छ।
निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकेको छ।
उम्मेद्वारको नामावली पनि आजै प्रकाशन गर्ने तयारी छ। उपचुनावका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्। सत्तारुढ नेकपा एमालेले भने उम्मेद्वारको छिनोफानो गर्न सकेको छैन।
एमालेले यसअघि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेद्वार बनाउने बताएको थियो । तर जित्ने अवस्था नदेखेपछि थापा उम्मेदवार बन्न चाहेका छैनन् । जित्ने सुनिश्चित भएको अवस्थामा मात्र उनी उम्मेदवार बन्ने मनसायमा छन् ।
Leave a Reply