Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • लकडाउनको प्रत्यक्ष मार : मुसहर समुदायको भान्सा नै बन्द

    लकडाउनको प्रत्यक्ष मार : मुसहर समुदायको भान्सा नै बन्द

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 1.6K
    SHARES

    चितवन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण वढ्न नदिनसरकारले लागू गरेको लकडाउनको प्रत्यक्ष असर खैरहनी कठारका माझी मुसहर समुदायमा परेको छ ।

    लकडाउनले घरमै वस्न वाध्य वनाएका उनीहरुको घरमा चुल्हो नबल्ने अवस्थामा पुगिसक्यो । ज्याला मजदुरी गरेर उनीहरुले विहान वेलुकाको छाक टार्दै आएका छन् । एक साता सम्म जेनतेन छाक टारेका उनीहरुमा खाद्य संकट देखिएको छ । खाद्यान्न नहुँदा चुल्हो नबल्ने स्थितिमा पुगिसकेको स्थानीय एमपी माझीले वताइन ।



    ‘दिनभर काम गरेरै विहान वेलुकाको छाक टार्नु पर्छ,अहिले काममा जान पाइएको छैन्, एमपीले भनिन् – ‘थोरै थोरै भएपनि खाँदै आएका छौ,अव त चामलनै सकिसक्यो ।’



    उनी मात्रै होइन, यहाँका सवै महिला/ पुरुष ज्यालादारीमा जाने गर्छन । त्यहीबाट उनीहरुको घरमा चुल्हो वल्छ । तर, अव चुल्हो नवल्ने स्थिति आएको उनले सुनाइन्।  सुतिरहेको अवस्थामा भेटिएका शनिचरा माझी भन्दै थिए, काममा जान पाइएको छैन्,खान समस्या भयो । फाट्ट फुट्ट काम हुन्थ्यो त्यो पनि गुम्यो शनिचराले भने – आधा पेटले दिनरात काट्नु परेको छ ।

    उनी सरहका सवै युवाहरु अहिले बेकामे भएका छन् । यो मुसहर समुदायमा २८ घरपरिवार छन् । उनीहरु सवैको हालत उस्तै छ । उनीहरु ऐलानी जग्गामा वस्दै आएका छन् । अहिले उनीहरुका लागि संघीय सरकार र खैरहनी नगरपालिकाले आवास निर्माण गरिरहेको छ ।

    मजदुरी गर्न नपाएको वेला माछा र घोंगी टिपेर स्थानीयलाई वेचेर चामल किनी छाक टार्ने गरेका छन् । यो ठाउँमा मुसहरहरु झण्डै ४०-४५ वर्ष अघिदेखी वस्दै छन् । खैरहनी नगरपालिकाले यि यस्तै ज्याला मजदुरी गर्नेहरुको तथ्यांक लिइसकेको छ ।

    संभवत बुधवारदेखी राहत वितरणको काम सुरु हुने खैरहनी नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले वताए । ज्याला मजदुरी गरेर विहान वेलुकाको छाक टार्नेहरुलाई प्राथमिकता दिएर राहत वितरण गर्न लागिएको प्रवक्ता पाण्डेले वताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार