Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • यस्तो छ आज बैशाख २३ गते विहीबारको राशिफल

    यस्तो छ आज बैशाख २३ गते विहीबारको राशिफल

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 1.4K
    SHARES

    मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

    वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सजिलै अरुको विश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको भने ह्रास हुन सक्छ ।



    मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हा
    बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।



    कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

    कन्या -टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ ।

    सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

    तुला -रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    समाजबाट मान सम्मान मिल्नेछ । पारिवारिक सुख पनि मिल्नेछ । आज सेतो रङ्गको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ ।

    वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आजको दिन रोकिएको पैसा हात लाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । पारिवारिक जमघट पनि हुनेछ ।

    धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

    कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र पारिवारीक सम्बन्ध सुधार हुने समय पनि छ ।

    मकर -भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ ।

    मीन -दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आज स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि अनावश्यक दौडधुप गर्नु पर्नेछ । घरायसी विवाद पनि बढ्नेछ । ( ज्यो०प० नारायणप्रसाद दुलाल)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार