Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भ्यालेन्सियाका प्रशिक्षक ग्रासिया बर्खास्त

    भ्यालेन्सियाका प्रशिक्षक ग्रासिया बर्खास्त

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । स्पेनिस क्लब भ्यालेन्सियाले प्रशिक्षकबाट हावी ग्रासियालाई बर्खास्त गरेको छ । ग्रासिया १० महिना अघि भ्यालेन्सियाको प्रशिक्षकमा नियुक्त भएका थिए ।

    आइतबार राति ला लिगा अन्तर्गतको खेलमा भ्यालेन्सिया बार्सिलोनासँग ३–२ ले पराजित भएको थियो । सो पराजयपछि भ्यालेन्सिया रेलिगेशन जोनमा रहेका क्लबभन्दा ६ अंकले अघि रहेको छ ।



    ग्रासियाको प्रशिक्षणमा यो सिजन भ्यालेन्सियाले मात्रै ८ खेलमा जित दर्ता गरेको छ । ६ पटकको स्पेनिस च्याम्पियन भ्यालेन्सिया हाल लिगको १४ औँ स्थानमा छ ।



    अब चार खेल मात्रै बाँकी रहँदा भ्यालेन्सिया संकटमा छ । सहायक प्रशिक्षक साल्भाडोर गोन्जालेजले नै केही समयका लागि प्रशिक्षकको भूमिका निर्वाह गर्ने बताइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार