Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • संक्रमण रोक्न दिल्लीमा भारतीय सेनासँग गुहार

    संक्रमण रोक्न दिल्लीमा भारतीय सेनासँग गुहार

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमितको उपचारका लागि त्यहाँको सरकारले सेनालाई गुहार मागेको छ ।

    नयाँ दिल्लीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बिरामीको चापसँगै अक्सिजनको अभाव भएपछि सरकारले भारतीय सेनाको सहयोग मागेको हो ।



    दिल्लीमा आइसियु कक्ष सञ्चालन गर्न र स्वास्थ्य सामग्री उपलब्ध गराउन सेनालाई अपील गरेको छ । बिरामीको चाप बढेसँगै बेडको अभावमा खुला स्थानमा बिरामीको उपचार गर्न थालिएको छ ।



    अक्सिजनको अभावमा बिरामीको मृत्यु हुन थालेको छ । नयाँ दिल्लीमा दैनिक १० हजारको दरले संक्रमित थपिने क्रम जारी छ । एक हजार जना आइसियु र अक्सिजन अभावकै कारण छटपाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    दैनिक ४ सयभन्दा बढीको मृत्यु हुन थालेको छ । अक्सिजनको अभावका कारण मर्नेको संख्या अत्यधिक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार