काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यका लगायत देशका अन्य सहरी जिल्लाहरुमा निषेधाज्ञा समेत लागू गरिएको छ। तर, निषेधाज्ञाले कोरोना संक्रमण घटाउनुको सट्टा बढ्दै जाँदा निषेधाज्ञामाथि नै प्रश्न चिन्ह उठ्न सक्ने खतरा बढेको छ।
तर, कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या ७ हजार भन्दा माथि रहेको छ। नेपालमा कोरोना संक्रमितको संख्या पहिलोपटक यति धेरै भएको हो। भने उपत्यकामा थपिएका संक्रमितको संख्या पनि अहिलेसम्मकै धेरै रहेको छ।
यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ । १७ हजार १७६ जनामा पीसीआर परीक्षण र ५१८ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ४३ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च ३७ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ३६२ पुगेको छ ।
Leave a Reply