Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोनाकाे सन्त्रास: अस्पतालमा काम गरेकाे भन्दै डेराबाटै निकालिइन् नर्स

    कोरोनाकाे सन्त्रास: अस्पतालमा काम गरेकाे भन्दै डेराबाटै निकालिइन् नर्स

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 1.6K
    SHARES

    दाङ । कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरि बस्दै आएकी एक नर्सलाई डेराबाट निकालिएको छ। स्टाफ नर्स सृजना खड्कालाई उनका घरबेटीले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालिदिएका हुन्।

    खड्काका घरबेटी घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा सचिव नारायण आचार्य हुन्। स्टाफ नर्स खड्का गत मंसिरदेखि आचार्यको घरमा डेरा गरि बस्दै आएकी थिइन्। गत १५ गते डेराबाट निकालिएकी नर्स खड्का अहिले घोराहीस्थित एक होटेलमा बस्दै आएकी छिन्। घोराहीस्थित बुद्ध ईन्टरनेशनलमा खड्का नर्सकाे रूपमा कार्यरत थिइन्।



    ‘तिम्रो कारण कोरोना संक्रमण हुने खतरा भयो भनेर उहाँहरुले मलाई भन्नु भयो,’ उनले भनिन् ‘मैले आँफू सुरक्षित रहेर काम गरिरहेकाले कुनै डर नहुने भन्दै सम्झाएँ , तर पनि मान्नु भएन।’ अस्पतालमा धेरै बिरामीहरुसंग सम्पर्क हुने भएकाले खड्काका कारण आँफूहरु असुरक्षित रहने भन्दै घरबेटीले कोठा छोड्न दबाब दिएका थिए। ‘कित अस्पताल नजाउ, कि भने तिम्रा लागि सधैँका लागि गेट बन्द हुन्छ भन्नु भयो,’ उनले भनिन् ‘अस्पतालले बिदा दिने कुरै भएन, अनि कोठा छोड्न बाध्य भएँ।’



    यता घरबेटी आचार्यले भने आँफूले पेशासंग जोडेर कोठा छाड्न नभनेको वताए। खड्का लगाएत कोठामा तीनजना बस्दै आएको र कोठा सानो भएकाले अर्को कोठाको व्यवस्थापन गर्न भनेको आचार्यले वताए।  प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले कोरोनाको सन्त्रासका बेलामा कोहि कसैले पनि डेरबाट निस्काशन गर्नु राम्रो नभएको भन्दै यसबिषयमा अनुसन्धान थालिने वताएका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार