काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने निर्णय गरेपछि उक्त विषयामा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
उक्त बैठक आज दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्दै छ । बैठकमा सत्तासमिकरण सँगै पार्टीको आगामी १४ औं महाधिवेशनबारे छलफल हुने बताइएको छ।
प्रधानमन्त्री ओलीले आइतबार मन्त्रिपरिषद बैठक समक्ष यही वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका थिए।
कांग्रेसले ओलीको राजीनामा माग गरी आफ्नो नेतृत्वमा नयाा सरकार बनाउन पहल गर्दै आएको छ ।
कांग्रेसले यसका लागि नेकपा माओवादी केन्द्र र जसपाको साथ खोजिरहेको छ । माओवादी र जसपाले साथ दिए देउवा प्रधानमन्त्री हुन सहज हुने छ । जसपा दुई भागमा विभिाजित भएका कारण उनलाई सरकारको नेतृत्व गर्न त्यति सहज भने छैन ।
Leave a Reply