नेपालगन्ज । बँकेमा कोरोना संक्रमणको भयावह अवस्था उत्पन्न भएको छ ।
जिल्लाका विभिन्न अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँकेका तथा एक जना बर्दियाका छन् । भेरी अस्पताल नेपालगञ्जमा ४ तथा नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ३ का ५१ वर्षीय पुरुष, नेपालगञ्ज उमनपा १ का ६६ वर्षीय पुरुष, बर्दियाको बढैयातालका ४७ वर्षीय पुरुष, बाँकेका ४८ वर्षीय पुरुष र ६० वर्षीया वृद्धा, खजुरा गाउँपालिका २ का ३२ वर्षीय पुरुष तथा बैजनाथ गाउँपालिका ८ की अर्की एक महिला रहेका छन् ।
Leave a Reply