Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • उपप्रधानमन्त्री पोखरेलले बाँकेका सीडीओलाई फोन गर्दै भने – केही परेमा सम्पर्क गर्नु

    उपप्रधानमन्त्री पोखरेलले बाँकेका सीडीओलाई फोन गर्दै भने – केही परेमा सम्पर्क गर्नु

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज टेलिफोन गरी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सिसिएमसी) का संयोजक पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका हुन् । उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिनेतर्फ बेलैमा कदम चाल्न निर्देशन दिँदै सिसिएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताए । कुनै गम्भीर विषय भएमा सिसिएमसीले हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सिधै सम्पर्क गर्न उनले प्रमुख जिल्ला अधिकारी सीडीओ लाई निर्देशन पनि दिए ।



    सीडीओ गेलालले बाँकेको वस्तुस्थितिका विषयमा जानकारी गराउँदै कोभिडका बिरामीको चाप अस्पतालमा बढिरहेको, अस्पतालमा श्ययाको अभाव भएको, मेडिकल डाक्टरको अभाव भएको तथा नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड अस्पतालका रुपमा अगाडि बढाउने विषय प्रक्रियामै रहेको जानकारी गराएको स्रोतले बताएको छ । उपप्रधानमन्त्री पोखरेलले यी सबै विषयमा तत्कालै सिसिएमसीका तर्फबाट सम्बोधन गरिने बताए ।



    उपप्रधानमन्त्री पोखरेलले कोरोनाका बिरामीको उपचारका लागि पूर्वाधार भएको ठाउँको पहिचान गरी तयारी गर्न, निजी अस्पतालका पूर्वाधारलाई सदुपयोग गर्न, अक्सिजनको पर्याप्त व्यवस्था गर्नसमेत सीडीओलाई निर्देशन दिँदै नेपाल–भारत सीमा नाकामा होल्डिङ सेन्टरको व्यवस्थापनका विषयमा पनि जानकारी लिएको स्रोतले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार