Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोनाका कारण मृत्य हुनेको संख्या दिनहुँ बढ्दै, पोखरामा मात्र ८ जना संक्रमितको मृत्यु

    कोरोनाका कारण मृत्य हुनेको संख्या दिनहुँ बढ्दै, पोखरामा मात्र ८ जना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 2K
    SHARES

    कास्की। कोरोना भाइरसको नयाँ भेरियन्टले महामारीको रुप लिएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ दिन ह्वात्तै बढेको छ । काठमाडौँ उपत्यका र बाँकेलगायत भारतसङ्ग सीमाना जोडिएका जिल्लामा मात्रै मृत्यु हुनेको संख्या धेरै रहेकोमा गण्डकी प्रदेशमा पनि कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद  शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एकरएक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको हो ।



    डा. शर्माका अनुसार पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो। त्यस्तै पोखरा महानगरपालिका–२६ की ५८ वर्षीया महिलाको शनिबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो।



    यसैगरी पोखरा महानगरपालिका–१६ की ७३ वर्षीया महिला र वडा नम्बर–१० की उमेर खुल्न नसकेकी महिलाको शनिबार मेडिप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र  पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

    पर्वतको कुश्मा नगरपालिका–५ की ७६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा शनिबार .मृत्यु भएको अस्पतालले जनाएको छ ।

    दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षीय पुरुषको शनिबार बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ वर्षीय पुरुषेको आइतबार मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार