Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बाँकेमा कोरोनाको सुनामी, एकैदिन थप ६ जनाको मृत्यु

    बाँकेमा कोरोनाको सुनामी, एकैदिन थप ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १८ बैशाख २०७८
  • 2.3K
    SHARES

    बाँके। जिल्लामा आज मात्रै थप ६ जना कोरोना संक्रमितहरुको मृत्यु भएपछि कोरोनाको सुनामी नै आएको  छ। यो सँगै बाँकेमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १८ पुगेको छ।

    पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुनेमा जिल्लाका ३ जना र बाहिरी जिल्लाका ३ जना रहेका छन् । जसमा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर १७ का ४५ बर्षीय पुरुषको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएपनि उनको सोही दिन साँझ ७ बजे पिसीआर पोजेटिभ आएको कोरोना फोकल पर्सन बाँकेका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए ।



    त्यस्तै, सोही दिन राती साढे ९ बजे नेपालगन्ज ६ की ४७ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ।



    यसैगरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कृष्णनगर ५ कपिलवस्तुका ५१ वर्षीय पुरुषको उपचारका क्रममा गएराति १० बजे र सोही अस्पतालमै कोहलपुर ११ का ३५ वर्षीय पुरुषको गएराति मृत्यु भएको ओलीले बताए ।

    यता, नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० की ५५ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको छ भने नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दंगीशरण गाउँपालिका १ दाङका ६० बर्षीय पुरुषको मृत्यु भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार