Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काेराेना महामारी: रुसमा सिसिटिभीबाट संक्रमित पक्रँदै

    काेराेना महामारी: रुसमा सिसिटिभीबाट संक्रमित पक्रँदै

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 1.8K
    SHARES

    एजेन्सी। कोरोना भाइरस संक्रमित व्यक्ति पत्ता लगाउन विभिन्न प्रविधि प्रयोग भइरहेको छ । विकसित मुलुकले अत्याधुनिक मेसिनको सहयोगबाट संक्रमित व्यक्तिको पहिचान गर्न सफल भएका छन् । यस्तै राष्ट्रमा रुस पनि पर्छ । रुसमा कोरोना भाइरसका समाचार अन्तर्राष्ट्रिय मिडियामा खासै नआए पनि उनीहरूले यसप्रति गम्भीरतापूर्वक काम गरिरहेका छन् ।

    रुसले बस, ट्रेन, हाइस्पिड ट्रेन र मेट्रो आदिमा यात्रा गर्ने व्यक्ति कोरोना भाइरसबाट संक्रमित छ वा छैन भनी जाँच उच्च प्रविधियुक्त सिसिटिभीले गरिरहेको छ । रुसको राजधानी मस्कोमा मात्र एक लाख ७० हजारभन्दा बढी हाई क्वालिटीको सिसिटिभी राखिएका छन् । यसले मस्कोमा मात्र नौ हजार संक्रमितलाई नियन्त्रणमा लिएको छ । क्यामेरामा व्यक्तिको पूरै स्वास्थ्य हिस्ट्री नै अगाडि आउनेछ ।



    यहीअनुसार ती व्यक्ति संक्रमित भए–नभएको पत्ता लगाइन्छ । सिसिटिभीको सहयोगमै लकडाउन तोड्न व्यक्ति सहजै पक्रन सहज भएको बताइएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसमाथि नियन्त्रण लिन अत्याधुनिक प्रवधि अपनाइएको अन्तर्राष्ट्रिय समाचार संस्थालाई जानकारी दिएका छन् ।



    राष्ट्रपति पुटिनले विशेषगरी सामाजिक दूरी कायम राख्न आग्रह गरेका छन् । सामाजिक दूरी नराखेका दुई सय व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सिसिटिभीको मद्दतमै लकडाउन तोडेका तीन सयजनालाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको मस्कोका मेयर सर्गेई सोबियानीले एजेन्सीलाई बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार