Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बूढानिलकण्ठबाट देउवाले भने -उद्घाटन र शीलान्यासमा मग्न ओली सरकारले कोरोना फैलायो

    बूढानिलकण्ठबाट देउवाले भने -उद्घाटन र शीलान्यासमा मग्न ओली सरकारले कोरोना फैलायो

    अनलाइन नेपाल
  • शुक्रबार, १७ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणमा गल्ती गरेको भन्दै सरकारले नै कोरोना फैलाएको आरोप लगाएका छन्।

    आज आफनै निवास बूढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलन गरेर सभापति देउवाले सरकारले विगतका गल्तीबाट पाठ नसिकेको र कसैका सल्लाह पनि नमानेको भन्दै सरकारको चरम लापरवाही र असंवेदनशीलताले गर्दा यस्तो भएको बताएका हुन् ,



    पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना संक्रमण रोक्न कुनै ठोस कदम नचाल्दा दोस्रो पटक लकडाउन गर्ने स्थिति आइपुगेको छ। देउवाले भने,’अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, शिलान्यास, भिडभाड र तडक—भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ।’



    उपत्यका लगायत ठूला सहरहरूमा सरकारले लकडाउन गरेर लाखौं मान्छेलाई परीक्षण नै नगरी गाउँ फर्काएको भन्दै संक्रमण अझै बढ्ने देउवाको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार