पर्सा। कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ । पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो ।
बढ्दो सङ्क्रमणका कारण घरमै उपचार गराइरहेका कुशवाहलाई कोरोनाको लक्ष्य देखिए पनि पिसिआर टेष्ट नभएको परिवारिक स्रोतले जनाएको छ । चार दशकदेखि सक्रिय राजनीतिमा रहेका कुशवाह सङ्घीय समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
Leave a Reply