काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनता समाजवादी पार्टी (जसपा) का माग पूरा गर्न मुद्दा फिर्ता लिन थालेको छ ।
जसपासितको साँठगाँठले ओली नेतृत्वकोे सरकारले निरन्तरता पाउने देखिन्छ । जसपाको मागअनुसार सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका १२० जना अभियुक्तको मुद्दा फिर्ता लिने निर्णय गरेको छ।
यो निर्णयसागै जसपाले एमाले नेतृत्वको वर्तमान सरकारसँग सत्ता साझेदारी गर्ने सम्भावना बढेको छ ।
सरकारले जसपाको मागअनुसार मधेस आन्दोलनका क्रममा लगाईका १५ थान मुद्दा खारेज गरेको हो । सरकारले जसपाको माग सम्बोधन गर्न दुई सातादेखि कानुनी प्रक्रिया अगाडि बढाएको थियो ।
जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता गर्न सकिने मुद्दा र मन्त्रिपरिषद्बाटै फिर्ता गर्न सकिने मुद्दाको लेखाजोखा गरेर सोहीअनुसार फिर्ता लिने निर्णय भएको छ ।
Leave a Reply