काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै दुई हजार जना भन्दा बढीमा कोरोनासंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा २ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् ।
यसैबीच, पछिल्लो २४ घण्टामा मुलुकभर ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ८७९ जनामा पीसीआर र ९५५ जनामा एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Leave a Reply