एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा पुगेको छ ।
दिल्ली क्यापिटल्सलाई एक विकेटले हराउँदै बैंग्लोर शीर्ष स्थानमा पुगेको हो ।
एक सय ७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरकै खेलमा ४ विकेट गुमाएर १७० रनभन्दा बढी बनाउन सकेन । बैंग्लोरले २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७१ रन बनाएपछि दिल्लीले १७२ रनको लक्ष पाएको थियो ।
जितसँगै बैंग्लोर ६ खेलबाट १० अंक जोडेको छ । समान खेलमा चारमा जित र दुईमा पराजित भएको ८ अंकसहित तेस्रो स्थानमा झरेको छ ।
Leave a Reply