Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लेष्टर सिटीद्वारा क्रिष्टल प्यालेस पराजित

    लेष्टर सिटीद्वारा क्रिष्टल प्यालेस पराजित

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 3.3K
    SHARES

    एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले क्रिष्टल प्यालेसलाई २–१ गोलले हराएको छ ।

    गएराति आफ्नै मैदानमा भएको खेलमा लेष्टरलाई विजयी गराउन टिमोथी कास्टाग्ने र केलेची इहिनाचोले एक एक गोल गरे ।



    खेलमा पहिलो गोल भने प्यालेसका विल्फ्रेड जाहाले गरेका थिए । यो जितसँगै लेष्टर सिटीले अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बलियो पारेको छ ।



    प्रिमियर लिगमा शिर्ष चार स्थानमा रहेन टोली च्याम्पियन्स लिगका लागि छनौट हुने प्रावधान छ ।

    ३३ खेलबाट ६२ अंक जोडेको लेष्टर तालिकाको तेस्रो स्थानमा रहेको छ । चौथो स्थानको चेल्सीको ५८ अंक छ ।

    ७७ अंकसहित म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ६७ अंक छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार