Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • निशेधाज्ञा जारि गर्न उपत्यकाका सीडीओहरु हच्किए, मन्त्रिपरिषद्लाई नै जिम्मा

    निशेधाज्ञा जारि गर्न उपत्यकाका सीडीओहरु हच्किए, मन्त्रिपरिषद्लाई नै जिम्मा

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 5.5K
    SHARES

    काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा कोरोना महामारी बढेपछि उपत्यका भित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने तयारी गरिएको छ । आज बिहान उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)बीच उपत्यकामा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको हो ।

    तर, काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अख्तियारी दिइएपनि उपत्यकाका सीडीओहरू त्यस्तो आदेश जारी गर्न भने हिच्किचाएका छन् । काठमाडौं शहर देशकै राजधानी भएकाले यहाँको विषयमा मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने भन्दै काठमाडौँ, भक्तपुर र ललितपुर तीनै जिल्लाका सीडीओहरू हच्किएका हुन् ।



    आज दिउँसो बसेको तीन जिल्लाका सीडीओहरूको संयुक्त बैठकले भीड नियन्त्रणमा भने कडाइ गर्ने भएको छ। तथापि सीडीओहरूको निर्णय गृह मन्त्रालयमा रिपोर्टिङ गरिने र माथिबाट जे आदेश आउँछ, त्यसअनुसार अघि बढ्ने उपत्यका प्रशासनको तयारी देखिन्छ ।



    हिजो बसेको कोभिड -१९ संकट ब्यवस्थापन केन्द्र (सिसीएमसी)को बैठकले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा (लकडाउन) लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सयुक्त बैठक बसेको थियो।

    बैठकले १६ गतेदेखि लागू हुने निषेधाज्ञामा सार्वजनिक यातायात ठप्प पार्ने साथै,  निजी सवारी पनि निषेध गरिने र  मानिसका गतिविधि बाक्लो हुने अन्य क्षेत्रमा पनि निषेधाज्ञा लागू गर्ने निर्णय गरेपनि त्यसको कार्यान्वयन भने साँझ बस्ने मन्त्रिपरिषदको बैठकले निकास दिनेछ।

    त्यस्तै, हिजो बसेको सीसीएमसीको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेकोसँगै मन्त्रिपरिषदको बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

    आजको बैठकमा कोभिड संक्रमणको जोखिम बढिरहेका बेला रोकथामका लागि सरकारले चाल्ने थप कदमबारे छलफल हुने बालुवाटार स्रोतले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार